मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ नाटक मोरङको झोराहाटमा मञ्चन शुरु

<span class='c1'>मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’</span> <span class='c2'>नाटक मोरङको झोराहाटमा मञ्चन शुरु</span>

विराटनगर, २७ मङ्सिर । जननेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ नाटक मोरङको झोराहाटमा मञ्चन गरिएको छ। बिहीबारबाट सुरु गरिएको नाटक पुस २ गतेसम्म चल्ने आयोजक झोराहाट नाट्य समूहले जनाएको छ। उपन्यासकार प्रदीप नेपालको उपन्यास बर्बरिकलाई साहित्यकार भरत गुरागाईले नाट्य रुपान्तरण गरेका छन्।

करिब एक घण्टाको समयको सो नाटकको निर्देशन जीवन बरालले गरेका हुन्। निर्देशक बरालले सो नाटक बिहान ११ र बेलुका ४ बजे गरी दैनिक दुई पटक प्रदर्शन गरिने बताए। नाटकमा मदन भण्डारीको वि.सं. २०४४ देखि २०५० सालसम्मको जीवनयात्रालाई समेटिएको बताइएको छ। नाटकमा गुरागाईंसहित प्रयाग न्यौपाने, डिबी बस्नेत, अनु श्रेष्ठ, सुदीपजंग कार्की, दीपा पोखरेल, निराशा ढुंगेललगायतले अभिनय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्