अमेरिका लगायत चार देशमा ‘ईमेल बम’ को आतंक, के हो ‘ईमेल बम’ ?

अमेरिका लगायत चार देशमा ‘ईमेल बम’ को आतंक, के हो ‘ईमेल बम’ ?

वाशिङटन । अमेरिका र क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डका दर्जनौं बिजनेश प्रतिष्ठान, सञ्चार माध्यम  तथा स्कुललाई इमेल पठाएर उनीहरुको कार्यालयमा बम पठाइएको र कार्यालय रहेको भवन खाली गर्न धम्की दिइएपछि आतंक फैलिएको छ । त्यस खालका धम्कीहरु अमेरिकाका सान फ्रान्सिस्को, न्यूयोर्क, सियाटल, मियामी, वाशिङटन डीसी लगायतका स्थानमा प्राप्त भएको जनाइएको छ ।

एफबीआई, व्यूरो अफ अल्कोहल, तमाखु र विस्फोटक पदार्थ हेर्ने निकायले आफूहरुलाई सो घटनाको बारेमा जानकारी रहेको बताएका छन् । उनीहरुले आफूहरु सम्बद्ध पीडितहरुलाई सहयोगकोलागि तयार रहेको जनाएका छन् । एफबीआइले शंकास्पद गतिविधि गर्नेहरुको बारेमा सूचना दिन आग्रह गरेको छ । 
त्यस प्रकारको इमेल धम्की क्यानडाको भ्यान्कुभर, ओटावा र टोरन्टो लगायतका क्षेत्रमा पनि दिइएको जनाइएको छ । भ्यान्कुभरका प्रहरी विभागका अधिकारी जासोन रोबिल्लार्डले त्यहाँको व्यापारिक समुदायलाई त्यसप्रकारको धम्की दिइएको जनाएका छन् । त्यसप्रकारको धम्कीपछि कुनै भवन खाली गरिएको भन्ने बारेमा चाहिं आफूलाई जानकारी नरहेको बताएका छन् । एउटा इमेलमा बिटक्वाइन मार्फत २० हजार डलर उपलब्ध गराउनपनि आग्रह गरिएको पाइएको छ ।

त्यसप्रकारको धम्की अष्ट्रेलिया र न्यूजील्याण्डमा पनि पठाएको जनाइएको छ । ती देशका पत्रिकाका कार्यालय,कोर्टहाउस र विश्वविद्यालयमा पनि त्यस्तो धम्कीपूर्ण इमेल पठाइएको छ । न्यूजील्याण्डको प्रहरीले जनाएअनुसार इमेलमा राखेको र  बिटक्वाइन मार्फत आफूले भनेको रकम नदिए बिस्फोट हुने चेतावनी दिइएको छ । सेन्डरको परिचय लुकाएर ‘गुरिल्ला मेल’ भनिएको छ ।
(सीएनएन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्