विराटनगरको कोशी स्कुलका वालवालिकालाई निःशुल्क स्वाथ्य शिविर

विराटनगरको कोशी स्कुलका वालवालिकालाई निःशुल्क स्वाथ्य शिविर

विराटनगर , २८ मंसिर । विराटनगर– १० मा रहेका कोशी विद्या मन्दिर(केभिएम) ले २५ औ स्थापना दिवसको अवसमा नि ःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोे छ ।
स्कूलले रजत जयन्तीको अबसरमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरण जगदीश कुसियेतले उद्घाटन गरेको स्वास्थ्य शिविरमा ६ सय विद्यार्थीहरुले स्वास्थ्य शिविरबाट लाभ लिएका छन् । हाम्रो अस्पताल, सप्तकोशी अस्पताल र विराटनगर आँखा अस्पतालको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा हाम्रो अस्पतालकी दन्त रोग विषेशज्ञ डा. मिरा आचार्य र डा. अन्जली भट्टराईको टोली, सप्तकोशी अस्पतालका डा. अरविन्द महतोको टोली र विराटनगर आँखा अस्पतालका अमित महतोको टोलीले स्वास्थ्य सेवा दिएको स्कुलका प्रिन्सिपल धिजनबाबु काप्mलेले जानकारी दिए ।
स्कूलमा अध्ययनरत विद्यार्थीलाई पढाइ तथा लेखाईमा मात्र नभई वालवालिकाको स्वास्थ्य परिक्षणको लागि शिविर आयोजना गरिएको बिद्यालयका निर्देशक राजेशकुमार दासले जानकारी दिए । निर्देशक दासका अनुसार यस्ता कार्यक्रम स्कूलमा नियमित रुपले सञ्चालन आउने बताए ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्