भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु

भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी |

भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

कर्नाटक प्रहरीका अनुसार ७२ जना बिरामीलाई अस्पताल भर्ना गरिएको छ भने ११ जनाको अवस्था गम्भीर छ । फ्यांकिएको प्रसाद सेवन गरेका काग समेत मरेको प्रहरीले जनाएको छ ।

Image result for कर्णाटक मन्दिरकाे प्रसाद

प्रसाद ग्रहण गरे लगत्तै पेट दुख्ने र बान्ता हुन सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले घटनास्थलबाट खानेकुराको नमुना परीक्षणका लागि पठाएको छ भने मन्दिर प्रशासनका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । खानेकुरामा विषादी मिसाइएको हुनसक्ने प्रहरीको आशंका छ ।

Image result for कर्णाटक मन्दिरकाे प्रसाद

यस्तै, कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्