प्रदेश नम्बर १ मा सवारी दुर्घटना : ३ जनाको गयो ज्यान

प्रदेश नम्बर १ मा सवारी दुर्घटना : ३ जनाको गयो ज्यान

विराटनगर, मंसिर २९ गते ।

१ नम्बर प्रदेश अन्तर्गत संखुवासभा, झापा र खोटाङ जिल्लामा शुक्रवार भएको बेग्ला-बेग्लै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ छ भने १ जना घाइते भएका छन् ।

संखुवासभाः-संखुवासभाको खाँदवारी नगरपालिका नगरपालिका-११ सभाखोलामा रोकी राखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । साँझसवा ७ बजे चैनपुर-खाँदवारी सडक खण्डमा रोकेर राखेको को १ त ६५९९ नम्बरको ट्याक्टरमा चैनपुरबाट खाँदबारी तर्फ आउँदै गरेको को २८ प २५३ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाईकलको पछाडी खाँदबारी नगरपालिका-८ बस्ने बर्ष २८ को लहरी श्रेष्ठको घटस्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मोटरसाईकल, ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ, मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारीमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

झापाः- झापाको कमल गाउँपालिका-५ लभडाँडा भन्ने स्थानमा मोटरसाईकलको ठक्करबाट १ जना साईकलयात्रीको मृत्यु भएको छ भने मोटरसाईकल चालक घाइते भइका छन् । दिउँसो पौने २ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलमा सवार झापा कमल गाउँपालिका-१ बस्ने बर्ष ५० को ईन्द्र बहादुर बुढाथोकीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा दिउँसो सवा ३ बजे बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तत्काल पहिचान नखुलेका अन्दाजी बर्ष ३० को मोटरसाईकलको सोही अस्पतालमा उपचार भईहेको छ ।

खोटाङः- खोटाङको हलरसी तुवाचुङ नगरपालिका-३ चास्मिटारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दिउँसो साढे १ बजे भित्री सडक खण्डमा लामा कन्ट्रसन प्रा.ली.को ठेक्कामा सुख्खा ग्रहस्त क्षेत्र खानेपानी योजना च्यासमिटारको पानीको ट्याङकी निर्माणको लागी मे १ त ६९३१ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गरेर फर्कदै गरेको अवस्थामा बडहरे भन्ने स्थानमा दुर्घटना भएको थियो । सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा लामा कन्ट्रसन प्रा.ली. का स्टोरकिपर चितवन घर भएका बर्ष १७ को सुमन वाग्लेको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । ट्याक्टर चालक सुनसरी रामधुनी-७ बस्ने बर्ष २७ को राजेश लिम्बुलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्