विराटनगरको विष्णुमाया पुस्तकालयमा यस बर्षपनि निःशुल्क एसईई तयारी कक्षा शुरु

विराटनगरको विष्णुमाया पुस्तकालयमा यस बर्षपनि निःशुल्क एसईई तयारी कक्षा शुरु

विराटनग, २९ मंसिर ।
विराटनगर महानगरपालिका १ मा नेताचौकमा रहेको विष्णुमाया पुस्तकालयले स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीहरुकालागि संचालन गर्दै आएको निःशुल्क एस.इ.इ. सहयोगी कक्षा यस वर्ष पनि शूरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रदेश १ का प्रदेश सभा सदस्यहरु यशोदा अधिकारी र सावित्रा रेग्मी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहाल लगायतले निःशुल्क एस.इ.इ. सहयोगी कक्षा संचालन कार्यक्रमको उद्घाटन गरेका हुन् । एसईई सहयोगी कक्षाको उद्घाटन गछि सांसदहरुले यसरी संचालन हुने बिशेष कक्षाले सामुदायिक विद्यालयमा अध्ययनरत सिमित स्रोत र साधन भएका परिवारका बालबालिकालाई टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रमका एजेलिया बोर्डिंग स्कुलका प्रिन्सिपल सेवक बजगाईं, विभिन्न विषयका विषय शिक्षकहरु, विद्यार्थी, अभिभावक, विष्णुमाया सामुदायिक भवन र विष्णुमाया पुस्तकालयका पदाधिकारी लगायतको उपस्थितीमा कार्यक्रमको शुरुवात गरिएको थियो ।
कार्यक्रमको अध्यक्ष विष्णुमाया सामुदायिक भवनका अध्यक्ष तथा पुस्तकालयका वरिष्ठ सल्लाहकार दामोदर प्रसाद घिमिरेले विगतका बर्ष जस्तै यो बर्ष पनि बालबालिका लक्षित कार्यक्रम ल्याईएको बताए ।
विशेष गरी आर्थिक अबस्था कमजोर भएका बालबालिका लक्षित एसईई कक्षा हरेक बर्ष संचालन हुँदै आएको छ । यो बर्ष पनि गत बर्षहरु जस्तै नै शिक्षा प्रदान गर्न थालिएको संयोजक चन्द्र तिम्सिनाले जानकारी दिए । २०७२ सालदेखिनै कार्यक्रमको संयोजन गर्दै आएका महेन्द्र मोरङ क्याम्पसका उप प्राध्यापक चन्द्र तिम्सिनाले सहभागी विद्यार्थीहरुलाई आगामी ३ महिनासम्म निःशुल्क कक्षाको बारे अभिमुखीकरण गर्ने पुस्तकालयका उपाध्यक्ष सह प्रा.डा. मेदनी सेडाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्