विराटनगरमा रेडक्रसको प्रदेश १ कार्यालय स्थापना

<span class='c1'>विराटनगरमा रेडक्रसको प्रदेश</span> <span class='c2'>१ कार्यालय स्थापना</span>

विराटनगर, १ पुस ।
नेपाल रेडक्रस सोसाइटीको प्रदेश १ कार्यालय विराटनगरमा स्थापना गरिएको छ । रेडक्रसका अध्यक्ष संजिव थापाले रेडक्रस मोरङ परिसरस्थित भवनमा प्रदेश कार्यालयको उद्घाटन गरे । अध्यक्ष थापाले झापाका कृष्णप्रसाद न्यौपानेको संयोजकत्वमा गठित १५ सदस्यीय रेडक्रशको प्रदेश १ कार्य समितिको पदस्थापन समेत गराएका हुन् । उनले संबिधानको भावनाअनुसार रेडक्रसलाई संघीय ढाँचामा विकास गरेर अझै प्रभावकारी सेवा प्रदान गर्ने बताए ।
संयोजक न्यौपानेले प्रदेशस्थित १४ वटै जिल्ला शाखासँग समन्वय गरेर रेडक्रसको सेवा प्रभावकारी रुपमा कार्यान्वयन गराउने प्रतिबद्धता जनाए । उहाँले एक वर्षभित्र रेडक्रसको प्रदेश कार्य समितिको निर्वाचन गराएर नयाँ नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी नेपाल रेडक्रस सोसाइटीको प्रदेशस्तरीय पहिलो बैठक पनि सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्