विराटनगनरका १५० जनालाई लायन्समा महिला भुमिका बारे प्रशिक्षण

विराटनगनरका १५० जनालाई लायन्समा महिला भुमिका बारे प्रशिक्षण

विराटनगर, १ पुस ।
लायन्स क्लब इन्टरनेश्नल ३ सय २५ ए वान ले लायनिज्ममा महिलाको भूमिका विषयक प्रशिक्षण तथा अन्तरक्रिया आयोजना गरेको छ ।
विराटनगर गरिएको कार्यक्रममा १ सय ५० बढी महिला तथा छात्राहरु सहभागी भएका छन् । कार्यक्रममा लायन्स क्लब आबद्ध तथा समाजसेवामा समर्पित महिलाहरुका साथै पूर्वाञ्चल विश्वविद्यालयमा अध्यनरत छात्राहरुले सहभागिता जनाएको आयोजक संस्थाकी ओमैन सिम्पोजियम चीफ पद्मा रिजालले जानकारी दिईन् । महिला शसक्तिकरण कार्यक्रमअन्तर्गत आयोजना गरिएको कार्यक्रमका सहभागीलाई प्राडा शान्ति सुवेदी र मानवअधिकारवादी तथा अधिवक्ता सञ्जु साहले प्रशिक्षण दिईन् । सो अवसरमा आयोजक संस्थाका निर्वतमान गर्भनर लिला ढुंगेल, फस्र्ट भाइस दकार्कीलगायतले समाजसेवामा महिलाको भुमिका विषयमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्