विराटनगरमा मिस पूर्वेली सुपर मोडलहरुको यस्तो प्रतिभा

<span class='c1'>विराटनगरमा मिस पूर्वेली सुपर</span> <span class='c2'>मोडलहरुको यस्तो प्रतिभा</span>

विराटनगर, १ पुष । मिस पूर्वेली सुपर मोडलको फाइनलमा पुगेका प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार भएको मिस ट्यालेन्टमा १९ जना प्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका हुन् ।
ए–वान इन्टरटेन्डमेन्टको आयोजनमा भएको उक्त प्रतियोगिताको मिस ट्यालेन्ट अन्तर्गत प्रतियोगिले नृत्य, गायन, बक्तिवकलो र कविता प्रस्तुत गरेको अध्यक्ष किरण लामाले जानकारी दिनुभयो ।
आगमी १४ गते विराटनगरमा हुने उक्त प्रतियोगिताको फाइनलमा मन्दिरा दुमी राई, श्रद्धा श्रेष्ठ, प्रियङ्का श्रेष्ठ, दीक्षा राई, सृजना थापा, सन्जु सापकोटा, स्नेतहा साह, रोजिना तामाङ्ग, निशा शर्मा, सुप्रिया राज्यलक्ष्मी साह, आचल मल्कि, अक्क्षेता रौनियार, निकीता अधिकारी, शसीकला साह, आस्स्था भट्टराई, भीमा कुमारी श्रेष्ठ, जेनिसा खड्का, र्सिजा पोखरेल, सन्देशा कटुवाल फाइनलमा पुगेका छन् । फाइनलमा पुगेका प्रतियोगिताहरू अहिले बन्द प्रशिक्षणमा व्यस्त रहेको कार्यक्रम संयोजक सौरभराज भण्डारीले बताउनुभयो ।
बन्द प्रशिक्षणमा आइतबारदेखि कोरियोग्राफर सृजना रेग्मीले दिनुहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्