विराटनगरको लर्डबुद्ध कलेजका विद्यार्थी अनुसन्धानका लागि पुगे चिसाङ (फोटो फिचर)

विराटनगरको लर्डबुद्ध कलेजका विद्यार्थी अनुसन्धानका लागि पुगे चिसाङ (फोटो फिचर)

प्रेम देवान ।
विराटनगर, १ पुस । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजका विद्यार्थीहरु कक्षा कोठाको भन्दा बाहिरी वातावरणमा घुलमिल भएर अध्ययन गर्न रुचाउँछन् । तर हरेक दिन दिईने शिक्षकहरुको लेक्चर अनि किताबी गृहकार्य नै उनीहरुको टाउको दुखाईको विषय बन्यो । हरेक दिनको जाडोको मौसममा कलेज पुग्नु पर्ने बाध्ययताका बिच शनिवार भने उनीहरु त्यो भन्दा फरक अबस्थामा भेटिए । लर्ड बुद्ध कलेजका साईन्स विषयका विद्यार्थीहरु बन्द कोठा भन्दा बाहिरी संसारमा थिए । शनिबार प्राय विदा हुने दिन नै हो, तर विद्यार्थीहरु शनिबार अचानक मोरङ जिल्लाको चिसाङ खोलामा भेटिए ।
शनिबार घरको नियमित काममा भेटिनु पर्ने बिद्यार्थी किन खोला किनारमा पुगे भन्नेमा हामीलाई अचम्म लाग्दै थियो । कलेज पोशाकमा उनीहरुसँगै थियो, किताव कापी अनी कलेज व्याग ।
उनीहरुलाई चिसाङ खोलामा भेटिनुको एउटै कारण थियो जीव विज्ञान सम्बन्धि स्थलगत शैक्षिक अध्ययनसँगै अवलोकन । पहिलो पटक यो विषयमा समाचार सुन्ने जो कोहीलाई अचम्म लाग्नसक्छ चिसाङ खोला नै बिद्यार्थी किन जालान् भन्ने । धेरै कलेजका संचालकहरुले विज्ञान बिषयको स्थलगत अध्ययनको लागि चिसाङ खोेलामा लग्ने गरेका छन् । पछिल्लो समय लेटाङको चिसाङ खोला आम विद्यार्थीहरुको अध्ययन तथा अवलोकन गर्ने स्थलको बनेको छ ।
यसरी रमाए विद्यार्थी
लर्ड बुद्ध कलेजका विद्यार्थीहरु शनिबार चिसाङ खोलामा भेटिनु पहिलो अवलोन भने पक्कै हैन । यस अघि लर्ड बुद्ध कलेज जस्ता अन्य कलेजका विद्यार्थीहरु धेरै चोटी पुगिसकेका छन् ।
शनिबार कलेज पोसाक मै थिए लर्ड बुद्ध कलेजका साईन्स विषयका विकास यादव आफूले किताबमा पढेका किताबी ज्ञानलाई व्यावहारिक रुपमा कस्तो हुदो रहेछ भनेर प्रत्यक्ष स्थलगत अध्ययन तथा अवलोकनका लागी पुगेको बताउँदै थिए ।
उनी जस्तै कलेजका करिब २ सय विद्यार्थीहरु चिसाङ खोलाको बगरमा विभिन्न बोट विरुवा अनि पात– पतिङगर बटुल्दै गरेका भेटिन्थे । त्यही २ सय विद्यार्थी मध्ये संगिता गुप्ता पनि चिसाङ खोलामा हरियो लेउहरु प्लाष्टिकको डब्बाभित्र लगाउदै गरेको भेटिन् । उनको हातमा लेउ मात्र हैन धेरै किसिमको बोटविरुवाहरु संकलन गरिरहेकी थिईन् । विद्यार्थीहरुसँगै बायोलोजिकल विषयका डाक्टर गरिसकेका प्रोफसर डा. मोहनजी ठाकुर पनि विद्यार्थीहरुको माझमा थिए । विद्यार्थीहरुलाई बोटविरुवाको बारेमा एकपछि अर्को जानकारी गराउँदै थिए ।
करिब २ सय बढी विद्यार्थीहरु कलेज पोसाक मै फरक–फरक समुहमा विभाजित गराएर विज्ञान पढाउने शिक्षकहरुले बोट विरुवाको बारेमा सहजीकरण गराईरहेका थिए । शिक्षकहरुले खोला किनारमा बिभिन्न बस्तु, जीव तथा बनस्पतिको बारेमा अध्ययन गरिरहेका थिए ।
विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहरिक ज्ञान हाँसिल गराउन प्रत्येक बर्ष यसरी स्थलगत अध्ययन तथा अवलोकन गराउन ल्याउने गरेको कलेजका प्रिन्सीपल सिएम श्रेष्ठले जानकारी दिए ।
चिसाङ खोलाको किनारको करिब २ किलो मिटर क्षेत्रफल भित्र विद्यार्थीहरुले जैविक विविधता सम्बन्धि अध्ययन तथा अवलोकन गराईएको प्रिन्सपल श्रेष्ठले बताए । विद्यार्थीहरुले किताबी ज्ञानसँगै यसरी व्यावहारिक रुपमा पर्यावरण, पारिस्थितीक प्रणाली र वनस्पती, जीव विज्ञान सम्बन्धि प्रत्यक्ष वैज्ञानिक अनुसन्धान गर्न पाउदा खुशी लागेको बताए ।
स्थलगत अध्ययन गरेपछि विज्ञान विषयका विद्यार्थीहरुलाई परीक्षामा प्रयोगात्मक अभ्यासको रुपमा यसले मद्वत पुग्ने जीव विज्ञान विषयका प्राध्यापक श्रीकृष्ण यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्