आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि भारतलाई

<span class='c1'>आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट</span> <span class='c2'>२०२५ को उपाधि भारतलाई</span>

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ ।

आइतबार दुबईमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ७६, श्रेयस अय्यरले ४८, केएल राहुलले नटआउट ३४ रन बनाए । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र माइकल ब्रेसवेलले २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६३, माइकल ब्रेसवेलले नटआउट ५३ रन बनाए । भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले २/२ विकेट लिए ।

भारत प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोली पनि बनेको छ । भारत यसअघि सन् २००२ मा संयुक्त विजेता र २०१३ मा विजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्