विराटनगरकाे रानीबाट अवैध सामान सहित २ भारतीय पक्राउ

विराटनगरकाे रानीबाट अवैध सामान सहित २ भारतीय पक्राउ

विराटनगर,  २ पुस। "सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” अभियान अन्तर्गत प्रहरीले सोमवार अन्दाजी १ लाख ३८ हजार मूल्य बराबरको अवैध लत्ताकपडा र फर्निचरको सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ बाट २ थान टेवल, ४ थान कुर्सी र २ थान आल्ना बरामद गरेको छ । त्यसैगरी वेवारिशे अवस्थामा राखिएको को १६ प ४०३ नम्बरको मोटरसाईकल र अवैध लत्ताकपडा सहित भारत नदिया धानतला-२ बस्ने जिवन बिश्वास र अमर विस्वासलाई पक्राउ गरेको हाे । बरामद  सामान सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि आजै बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्