प्रदेश १ मा टिपर सञ्चालनको सिमित समय कार्यान्वायनमा, अटेर गरे कार्वाही

प्रदेश १ मा टिपर सञ्चालनको सिमित समय कार्यान्वायनमा, अटेर गरे कार्वाही

विराटनगर, २ पुस । प्रदेश नं. १ मा पुस लागेसँगै बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनिकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न भन्दै सवारीको चाप बढी हुने समयमा टिपर सञ्चालनमा रोक लगाइएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीले केही दिन अगाडी देखि नै पुस १ गते देखि लागु हुने गरी टिपर संचालनको लागि समय निर्धारण गरेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय मोरङले पनि यसलाई कडाई गरेको जनाएको छ । निर्धारण गरिएको समय बिहान ९ ः३० देखि १० ः३० र दिउँसो ३ ः३० देखि ४ ः३० बजेसम्म मुख्य राजमार्ग, सहायक मार्ग, बजार, विद्यालय र स्वास्थ्य संस्थामा रहेका क्षेत्रमा टिपर सञ्चालन गर्न रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी नायव निरीक्षक मणी कोईरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्