कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

विराटनगर, २ पुस ।
दिवगंत पत्रकार कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि तीन लाखको अक्षयकोष खडा गरिएको छ । कोष स्थापनाका लागि स्वर्गीय कोशराज रेग्मीका परिवारको तर्फबाट तीन लाख रुपैया“को चेक सोमबार नेपाल पत्रकार महासंघ मोरङ शाखालाई हस्तान्तरण गरिएको हो ।
वरिष्ठ पत्रकार कोशराज रेग्मीका श्रीमती, छोराछोरीहरूले बुबाको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । कोषमा यसअघि स्वर्गीय कोषराज रेग्मीले स्थापना गरेको पीताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान पनि गाभिएको छ । प्रतिष्ठानले हरेक वर्ष मोती जयन्तीका अवसरमा १ जना पत्रकारलाई पुरस्कृत गर्दै आएको थियो । कोष स्थापनापछि स्वर्गीय कोशराज रेग्मीको स्मृतिमा हरेक दुई वर्षमा मोती जयन्तीका दिन पत्रकार कोशराज रेग्मी स्मृति पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कारको राशि २५ हजार रुपैया“को हुनेछ । यो पुरस्कार स्थानीय तथा राष्ट्रिय स्तरमा पत्रकारिता गरेका व्यक्तिलाई प्रदान गरिनेछ । त्यस्तै यसअघि प्रदान गर्दै आएको पीताम्वर–खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार अब हरेक दुई वर्षमा प्रदान गरिनेछ । ११ हजार १ सय ११ रुपैया“ राशिको यो पुरस्कार प्रदेश नम्बर १ मा पत्रकारिता गरेका व्यक्तिलाई प्रदान गरिने नेपाल पत्रकार महासंघ मोरङ शाखाले जनाएको छ ।
पत्रकारितामा जीवन समर्पित गरेका आप्mना बुबा कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्ने परिवारको इच्छाअनुरुप कोषको स्थापना गरिएको परिवारका ज्येष्ठ सुपुत्र भोजराज रेग्मीले बताएका छन् । सोमबार अक्षयकोषका लागि चेक हस्तान्तरण गर्दै रेग्मीले बुबाको जीवन पत्रकारितामै बितेको स्मरण गरे । विराटनगर–१२ पिचरास्थित रेग्मी निवासमा आयोजित कार्यक्रममा स्वर्गीय कोशराज रेग्मीकी धर्मपत्नी रेणुका रेग्मी र नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले कोष स्थापना र पुरस्कार प्रदान गर्ने कार्यविधि सम्बन्धमा बनेको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा पीताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठानका सचिव कविराज न्यौपाने, सदस्य अनन्तराज न्यौपानेले स्वर्गीय कोशराज रेग्मीले जीवनकाल गरेको पत्रकारिता कर्मको बारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्