पथरीमा सुनचाँदी पसलबाट चोरी

पथरीमा सुनचाँदी पसलबाट चोरी

विराटनगर, ३ पुस ।  मोरङमा सुनचाँदी पसलबाट करिब तीन लाख बराबरको सामान चोरी भएको छ। मोरङ पथरी शनिश्चरे नगरपालिका-१ शिखर चोकस्थित सोही ठाउँ बस्ने गणेश विष्टको सगमाथा सुनचाँदी पसलबाट आइतबार राति तीन तोला सुन र दुई किलो चाँदी चोरी भएको हो। करिब तीन लाख मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्