विराटनगरमा आयोजना हुन लागेको भविष्य स्टीम च्यालेन्जको तयारी तिब्र

<span class='c1'>विराटनगरमा आयोजना हुन लागेको भविष्य</span> <span class='c2'>स्टीम च्यालेन्जको तयारी तिब्र</span>

विराटनगर,  पुस ३। विराटनगरमा भविष्य स्टीम च्यालेन्ज आयोजना गरिने भएको छ । साइन्स,टेक्नोलोजी,इन्जिनियरिङ,आर्ट्स तथा म्याथको बिषयमा बिभिन्न च्यालेन्जहरु उक्त कायक्रममा हुने छ ।

विद्यालयस्तरमा काम गर्दै आएको "कारखाना" नामक संस्थाले भविष्य स्टीम च्यालेन्ज आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा मोरङ र सुनसरीका विद्यार्थीहरूले सहभागिता जनाउनेछन् ।

पुस ९ गते आयोजना हुने प्रतियोगितामा सहभागि विद्यार्थीहरूले आयोजकले दिएको सामाग्रीबाट विभिन्न आकार निर्माण गर्नुपर्नेछ ।

तोकिएको समयभित्र उत्कृष्ट सिर्जना गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने कारखानाका क्षेत्रीय प्रमुख रिसभ आचार्यले जानकारी दिए । विद्यार्थीहरूको अध्ययन संस्कारलाई व्यवहारिक बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्