शारीरिक सम्पर्क गर्न दिए परिक्षामा राम्रो नम्बर दिन्छु भन्ने शिक्षक परे जेल

<span class='c1'>शारीरिक सम्पर्क गर्न दिए परिक्षामा राम्रो</span> <span class='c2'>नम्बर दिन्छु भन्ने शिक्षक परे जेल</span>

नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई छात्रासँग सेक्सको  माग गरेको अभियोगमा सोमबार जेल सजाय तोकिएको छ ।

सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग सेक्सको माग गरेका थिए । उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जेल सजाय तोकिएको छ ।

२३ वर्षे ओसागीले सिएनएनसँगको अन्तर्वार्तामा एकिन्डेलविरुद्ध प्रमाण जुटाउनका लागि उनको कुराकानीलाई गोप्य तरिकाले रेकर्ड गरेको बताइन् ।

ओसागीले सिएनएनलाई दिएको अन्तर्वार्ताको एक महिनापछि एकिन्डेललाई ओबाफेमी एवोलोवो युनिभर्सिटीले निष्कासित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्