सुन्दर-हरैँचामा पिकअप दुर्घटनामा चालक घाइते

सुन्दर-हरैँचामा पिकअप दुर्घटनामा चालक घाइते

विराटनगर,  ३ पुस। मोरङको सुन्दर-हरैँचा नगरपालिका-७ ठडिया चोकमा मंगलवार दिउँसो पिकअप दुर्घटनामा चालक घाइते भएका छन् ।   पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ च ९२० नम्बरको पिकअप भेन आँफै अनियन्त्रितभई सडकमा पल्टिएको थियो । दुर्घटनामा पिकअपका चालक सोही नगरपालिका-१० बस्ने बर्ष २६ को रविन कार्की घाईते भई  उपचारको लागि ईटहरी स्थित एपेक्स अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ भने पिकअपलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्