मोरङमा स्वास्थ्य वीमा कार्यक्रम लागू हुँदै, १७ स्थानीय तहमा प्रशिक्षण सकियो

मोरङमा स्वास्थ्य वीमा कार्यक्रम लागू हुँदै, १७ स्थानीय तहमा प्रशिक्षण सकियो

विराटनगर, ३ पुस ।
नेपाल सरकारले मोरङ जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम विस्तार गर्ने भएको छ । यसैको तयारी स्वरुप हाल जिल्लाका सबै स्थानीय तहमा जनप्रतिनिधि, सरोकारवाला क्षेत्र एवं स्वास्थ्यकर्मीहरुको लागि अभिमुखिकरण तालीम संचालन भइरहेको छ ।
स्वास्थ्य उपचारमा अनियन्त्रित रुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहँुचमा पुरयाउने र सेवाको उपयोगमा वृद्धि गर्ने उद्देश्यले स्वास्थ्य विमा कार्यक्रम संचालनमा ल्याउन लागिएको हाृ । योगदान र परिवारमा आधारीत कार्यक्रम भएकोले यसमा अवद्ध हुन ५ जनासम्मको परिवारले वार्षिक रुपमा दुई हजार पाँचसय योगदान रकम तिरेर सदस्य बनेपछि बिरामी पर्दा ५० हजारसम्मको सेवा लिने व्यवस्था गरिएको छ । ५ जना भन्दा बढी सदस्य भएको परिवारको हकमा थप प्रति सदस्यको ४२५ रुपैयाँ योगदान रकम लाग्छ भने पाइने सुविधामा १० हजार बढ्दै जाने नेपाल सरकार स्वास्थ्य सेवा विभागले जनाएको छ । एउटा परिवारले अधिकतम एक लाखसम्म उपचार सुविधा लिन सक्ने स्वास्थ्य विमा बोर्डका प्रशिक्षक रामकुमार श्रेष्ठले जानकारी दिए । विमित परिवारका सदस्यले सदस्यता क्रियाशील भएपछि हुँदा उपचारको लागि आफनो परिचय पत्र लिएर आकस्मिक उपचारको लागि बाहेक संधै तोकिएको प्रथम सेवाविन्दू स्वास्थ्य संस्थामा नै जानु पनर्ने प्राबधान पनि बिमा कार्यक्रमले अनिवार्य गरेको छ ।
मोरङमा यस्तो हुँदैछ
मोरङ जिल्लाका १७ स्थानीय तह मध्य हालसम्म १७ वटै स्थानीय तहका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको अभिमुखिकरण तालिम सकिएको छ । पछिल्लो अभिमुखिकरण भएको स्थानीय तहमा लेटाङ नगरपालिका, बेलवारी नगरपालिका र धनपालथान गाउँपालिकाका जनप्रतिनिधि एवं सरोकारवालाहरुको लागि स्वास्थ्य वीमा अभिमुखिकरण तालिम दिईएको थियो ।
कार्यक्रममा स्वास्थ्य वीमा कार्यक्रमको उद्देश्य, महत्व, नीतिगत व्यवस्था, दर्ता हुने प्रक्रिया, योगदान रकम, सेवा लिने तरिका र स्वास्थ्य वीमा विस्तारमा स्थानीय सरोकारवालाहरुको भूमिका बारे जानाकारी गराइएको थियो । तालिमको उदघाटन सत्रमा बोल्नु हुदै धनपालथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम शर्मा लुइटेलले स्वास्थ्य वीमा जनतालाई स्वास्थ्य उपचारमा राज्यको तर्फबाट थप सहयोग पुग्ने बताए । उनले ल्याइएको कार्यक्रम भएकोले सबैले अपनत्व लिएर अगाडि बढ्न सकियो भने सफल हुने दाबी गरे ।
तालिममा सहभागी सबैले स्वास्थ्य वीमा कार्यक्रम आम जनताको लागि ल्याइएको कार्यक्रम भएकोले मोरङ छिटो लागू गर्नु पर्ने बताएका थिए । स्वास्थ्य वीमा बोर्ड, टेकूबाट आएका प्रशिक्षकहरु राम कुमार श्रेष्ठ, खगराज पोखरेल, सुवास लम्साल, दिलिप पोखरेल र खेमराज अधिकारी लगायतले सहजिकरण गरेका थिए ।
सुदूरपश्चिम प्रदेशको कैलालीबाट २०७२ चैतबाट शुरु भएको स्वास्थ्य वीमा कार्यक्रम देशका ३५ जिल्लामा पूर्ण रुपमा लागू भइसकेको छ भने संखुवासभा, मोरङ लगायतका १२ जिल्लाहरुमा चाँडै लागु हुने तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्