विराटनगरमै अन्तराष्ट्रिय स्तरका वर्डप्रेस सम्मेलन हुदै, नि:शुल्क वेवसाईड बनाईदिने

<span class='c1'>विराटनगरमै अन्तराष्ट्रिय स्तरका वर्डप्रेस सम्मेलन</span> <span class='c2'>हुदै, नि:शुल्क वेवसाईड बनाईदिने</span>

विराटनगर, ४ पुस । विराटनगरमा पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको वर्डप्रेस सम्मेलन हुने भएको छ । आगामी पुस ७ गते हुने सम्मेलनमा स्वदेश र विदेशका गरि करिव ४ सय जना सहभागी हुने आयोजकले जनाएको छ ।

आयोजक समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलनमा विराटनगरको होटल एसियाटिकमा वर्डक्याम्प हुने जनाएको हो। वर्ड क्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्र्तराष्ट्रिय कार्यक्रम भएको वर्डप्रेस सम्मेलनका संयोजक साल्डिया काफ्लेले बताए । विराटनगरमा पहिलो पटक हुने यस कार्यक्रममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विज्ञहरुको सहभागिता रहेने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
कार्यक्रममा सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुको वेवसाईड निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरिने आयोजक समितिका पर्वतराज झाले जानकारी दिए । साथै वर्डप्रेसको म्युजियम र जव फेयर समेत कार्यक्रममा सञ्चालन हुने झाले बताए ।
एक दर्जनबढी देशहरुबाट आउने विज्ञहरुले वर्ड प्रेस सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । वर्ड क्याम्पको अवसर पारेर सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुको वेबसाईट निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरिने भएको छ ।
क्याम्पको आकर्षणका रुपमा आईटी क्वीज, अनलाईन गेमहरु समेत रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्