लागूऔषध सहित विराटनगरकाे महेन्द्र चोकबाट युवक पक्राउ

लागूऔषध सहित विराटनगरकाे महेन्द्र चोकबाट युवक पक्राउ

विराटनगर,  ५ पुस। लागूऔषध सहित प्रहरीले बिराटनगर महानगरपालिका-४ महेन्द्र चोकबाट बुधवार १ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप-महानगरपालिका-१५ बस्ने बर्ष २२ को बिकाश साहलाई पक्राउ गरेको हो ।   शंकास्पद अवस्थामा हिडिरहेका साहलाई चेकजाँचको क्रममा लागूऔषध एभिल-४० एम्पुल, डाईजेल्याव-३९ एम्पुल र लुपिजेसिक-३८ एम्पुल फेला पारी बरामद गरेको हो । बरामद लागौषध सहित उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्