एजेन्सी । शाहरुख खान जसलाई चलचित्रमा विभिन्न चुनौतिपुर्ण भुमिकामा देख्न पाईन्छ । प्रर्दशनको तयारीमा रहेको चलचित्र जिरो मा एउटा सानो कद भएको व्यक्तिको भुमिकामा देखिदै छन् । सुपरस्टा शाहरुख खानलाई बलिउडको राजाले पनि चिनिन्छन् । बलिउडको एक उत्कृष्ट अभिनेताको रुपमा उनलाई लिने गरिन्छ । अभिनेता आफनो बहुमुखी कलाकार हुन भन्ने कुरा जिरोमा उनको अलग अवतारमा हेर्न पाउनेछौ । शाहरुख खान जस्ले बोउआन नाँउ गरेको छोटो कद भएको चुनौतीपुर्ण व्यत्तिको भुमिकामा देखिदै छन् । उनको यस प्रयोगात्मक भुमिकाले उनको कलाकारीतको चौतर्फी प्रशंसा भएको छ ।
शाहरुख खानको प्रयोगात्मक भुमिकाहरुमा देखिएका केही चलचित्रहरु :
चख दे India
सिमित अमिन द्धारा निर्देशित एस.राजको व्यानरमा बेनको चलचित्र जसमा भारतको राष्ट्रिय महिला हकी टिमको कथाको चित्रण गर्दछ । शाहरुख खानले कोच कबीर खानको भुमिका निर्वाह गरेका र्थि । उनको यस चलचित्र ब्लकबस्टर भएको थियो ।
रावन
खानको आफनै होम प्रोडक्सनमा निर्माण गरिएको चलचित्र रावनमा पनि उनी भिन्न पात्रको रुपमा देखिएका थिए । गेमबाट निस्कीएको एउटा सुपर पावरफुल पात्रको भुमिकामा देखिएका खानको अभिनयको निकै प्रंशसा गरियो । चलचित्र सफल भयो, तर बक्स अफिसमा भन्ने राम्रो मुनाफा कमाउन असफल भयो ।
माई नेम इज खान
करन जोहरको निर्देशनमा तयार गरिएको यस चलचित्रमा शाहरुख खान काजोलसँग देखिएका थिए । एस्पर्गरको सिंड्रोमका पिडितको रुपमा आफनो अभियन मार्फत सम्पुर्णको मन जित्न सफल रहे । आलोचनात्मक प्रशंसाको बाबजुत खानको अभिनयले बलिउडमा सबैभन्दा यादगार रह्यो । राजनैतिक बिवाद र अर्को भुमिसँग भिडदा पनि यसले राम्रो व्यापार गर्न सफल रह्यो यादगार प्रदर्शनको बीचमा स्थान बनायो। राजनीतिक विवाद र ब्याकलाशको बावजुद, मेरो नाम इस् खान ठद्द।डद्द करोड संकलन गरेर भारतमा सफल भए।
फयान
अभिनेता आर्यन खन्ना र उनको प्रशंसक गौरबको कथा बस्तुलाई प्रस्तुत गरिएको यस चलचित्रमा शाहरुख खान दोहोरो भुमिकामा देखिएका थिए । प्रशंसकहरु बाट मिश्रित प्रतिक्रिया प्राप्त गरे ।
माथि उल्लेखीत चलचित्रहरुबाट यो स्पष्ट देखिएको छ कि शाहरुख खानले आफनो प्रयोगात्मक भुमिकाको साथ बक्स अफिसमा मिश्रित रेकर्ड बनाएको छ । पछिल्लो चलचित्र जब हैरी मेट सेजलले राम्रो व्यापार गर्न सकेको थिएन , तर यो चलचित्रबाट धेरै आशा गरिएको छ । जिरो भोली अर्थात डिसेम्बर २१ बाट प्रर्दशनमा आउदैछ ।