विराटनगरमा सरकारी खेलकुद प्रशिक्षणमा विद्यार्थीवाट रकम असुली, रकम बाँडिचुडी

विराटनगरमा सरकारी खेलकुद प्रशिक्षणमा  विद्यार्थीवाट रकम असुली, रकम बाँडिचुडी

विराटनगर, ६ पुस ।
राष्ट्रिय खलकुद परिषदको खेलकुद प्रशिक्षण विभाग नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले आयोजना गर्ने खेलकुद प्रशिक्षणमै रकम लिने गरेको पाईएको छ । खेलाडी उत्पादन गर्ने तथा शैक्षिक कार्यक्रमको रुपमा शुरु गरिएको प्रशिक्षणमा जिल्ला खेलकुद विकास समितिबाट रकम उठाएको पाईएको हो । १४ बर्ष मुनिका खेलाडी प्रशिक्षणमा सहभागी छन् । मोरङ जिल्लामा ३ वटा खेलको १४ बर्ष मुनिको क्रिकेट, फुटवल र टेवल टेनिसको प्रशिक्षण भएको हो ।
फुटवलको प्रशिक्षण बिराटनगर र डाँगीहाटमा भईरहेको छ । बिराटनगरको प्रशिक्षणमा ८० जना र डाँगीहाट ५५ जना सहभागी छन् । त्यस्तै विराटनगरमा भएको क्रिकेट प्रशिक्षणमा ५५ जना सहभागी रहेका छन् ।
टेवुलटेनिसको १८ जनाको पनि प्रशिक्षण भईरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रशिक्षणको लागि आवश्यक पर्ने सबै सामाग्री सानको ब्यवस्थापनमा भएपनि खेलाडी प्रशिक्षार्थीबाट मासिक ५ सय उठाएपछि जिल्ला खेलकुद विकास समितिको आलोचना भएको छ । नियमित रकम तिर्दै अएपनि पछिल्लो समय नियमित पैसा नतिर्दा खेलबाट एक खेलाडी प्रशिक्षार्थीलाई निकालिएपछि यो बिषय बाहिर आएको हो । प्रशिक्षक र खेलाडीका निकट प्रशिक्षार्थीलाई रकम नलिईने तर बिद्यालय स्तरका बालबालिकालाई रकम लिने गरेको एक प्रशिक्षार्थीले नाम बताउने शर्तमा उल्लेख गरे ।
प्रशिक्षणमा १० बर्ष देखि १४ बर्ष उमेर समुहका बालबालिकालाई लक्षित गरिएको हो । फुटवल, टेवलटेनिस र क्रिकेटमा गरी २०८ जनाले अहिले हप्तामा २ दिन शुक्रवार र शनिवार प्रशिक्षण लिँदै आएका छन् ।
ति प्रशिक्षार्थी बिद्यार्थीबाट लिईएको ५ सयबाट मासिक १ लाख ४ हजार उठ्छ भने ६ महिनाको अबधिमा उठाईएको ६ लाख २४ हजार रुपैयाँको हिसाव अहिलेसम्म सार्बजनिक नभएको एक खेल प्रशिक्षकले बताए । यसरी बिद्यार्थीबाट पैसा लिन नपाउने भएपनि किन पैसा लिईएको हो मलाई थाहा भएन, उनले भने ।
असार देखि शूरु प्रशिक्षण ५२ हप्ताको कोर्ष पुरा गर्नुपर्ने ब्यवस्था अनुसार सानले यो प्रशिक्षणको आयोजना गरेको हो । पुस महिनासम्ममा प्रशिक्षण लिएका पहिलो चरणका प्रशिक्षार्थी विद्यार्थीहरुको विवरण तथा तथ्यांक पठाउनु पर्नेमा अहिलेसम्म त्यो तथ्यांक पठाईएको छैन ।  अहिले भईरहेको प्रशिक्षण पहिलो लेभनको भएकोले ६ महिनामा सकिने चरणमा रहेको छ ।
यस बारेमा जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव तथा राष्ट्रिय खेलकुद विकास परिषदका कर्मचारी देवराज कटुवालले प्रति बिद्यार्थी ५ सय लिएको स्वीकार गरेका छन् । प्रशिक्षकलाई दिनको लागि सो रकम उठाईएको उनको भनाई छ ।
को को छन् प्रशिक्षक
राष्ट्रिय खेलकुद विकास परिषदका सहायक प्रशिक्षक पारस चौधरी सहित ६ जनाले फुटवलको प्रशिक्षण दिएका छन् । उनीहरुले ति प्रशिक्षार्थीबाट लिएको ५ सय बाँडी चुँडी लिने गरेको उनले चौधरीले सुनाए । त्यस्तै त्यो रकमबाट केही रकम प्रशासनका कर्मचारीसम्म पनि पुग्ने गरेको श्रोतको दाबी छ ।
सहायक प्रशिक्षक चौधरीले भने, ‘यसरी उठाईएको रकम ४० हजारजति उठ्ने गरेकोमा त्यो रकम सबै प्रशिक्षकहरुले बाँडेर लिने गरेका छौ ।’ उनले शुरुमा एकेडेमीले उपलब्ध गराएको बल मध्य १२ वटा मात्र प्राप्त गरेकोले बल समेत त्यही रकमबाट खरिद गरेको बताएका छन् । प्रशिक्षकलाई दिएर बाँकी रहेको पैसा फुटवल किनेको उनले सुनाए । ‘पारस चौधरी एक्लैले यतिका धेरैलाई प्रशिक्षण गर्न सक्दैन, उनले भने, उनीहरुबाट उठाएको रकमबाट थप प्रशिक्षक राखिएको हो । ’ अहिले यसरी प्रशिक्षण दिनेमा फुटवल प्रशिक्षक अरुण लामा, पारस चौधरी, करण कार्की, मदन काफ्ले, विनेश बस्नेत, मनिष तिम्सिना र मधुसुदन खनाल रहेका छन् ।
त्यस्तै क्रिकेटको ३ दर्जन बल पठाएको जिल्ला खेलकुद विकास समितिको दावी छ । त्यस्तै टेवल टेनिसको १० दर्शन बढी बल पठाईएको जिल्ला खेलकुद विकास समिति सदस्य सचिव कटुवालले बताए । अहिले प्रशिक्षणको लागि क्रिकेटमा महेश रिजाल , राजेश पोख्रेल र शिरिष उपाध्ययले प्रशिक्षण दिईरहेका छन् भने टेवुलटेनिसको शिवनाराण श्रेष्ठ सहितले २ जनाले प्रशिक्षण दिँदै आएका छन् ।
खेल सामाग्री सानले पठाएको जनाएको छ । सानले भने यो शैक्षिक कार्यक्रम अन्तरगत भएकोले सकभर प्रसा लिनै नहुने जनाएको छ । तर कतिपय ठाउँमा प्रशिक्षकको समस्याका कारण थोरै रकम लिईने भएपनि त्यसको पारदर्शिता कायम हुनु पर्ने जनाएको हो । आवस्यक पर्ने सबै सामाग्री सानले पठाएकोले त्यहाँको प्राबिधिक केही समस्या पर्दा १–२ सय मात्र लिनसक्ने सानका प्रशिक्षण संयोजक नविन उप्रेतीले बताए । जिल्ला खेलकुद विकास समितिले प्रशिक्षार्थीबाट त्यतिका रकम किन उठाईयो भन्ने एउटा प्रश्न छ भने अर्को तर्फ उक्त रकम उठाउनै नमिल्ने कतिपय बताउँछन् । तर यही प्रशिक्षणको लागि ५० बढी फुटवल सानले पठाएको छ भने अन्य सामाग्री पनि पठाएको जनाएको छ ।

बाँडिचुँडी प्रशासनसम्म
प्रशासनको तर्फबाट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोर अमात्यको संयोजकत्वमा लेखापाल शुशिल कँडेल, उषाकर्ण चौधरी, प्रकाश मास्के र देवराज कटुवाल रहेको समिति बनाएर यो कामको लागि हिसाव र रेकर्ड राख्नको लागि प्रशासनबाट समेत मानिस खटाईएकोले उनीहरुले पनि अनुगमन गरेर प्रशिक्षाथीृबाट उठाईएको रकम भत्ताको रुपमा लिँदै आएको छ । देवराज कटुवालका अनुसार यसरी उठाईएको रकम अनुगमनको लागि प्रशासनमा समिति बनाईएकोले त्यहाँ समेत खर्च हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्