सरकारले जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी अध्यादेश ल्याएको छ : सांसद माझी

<span class='c1'>सरकारले जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने</span> <span class='c2'>गरी अध्यादेश ल्याएको छ : सांसद माझी</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने र जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याएको बताएकी छिन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले सरकार जनसरकारको विषय छाडेर भ्रष्टाचारीको संरक्षण गर्ने, जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्तन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याउने र सरकार टिकाउने खेलमा मात्रै व्यस्त रहेको बताएकी हुन् ।

उनले भनिन्, ‘सरकार जनसरकारको विषय छाडेर भ्रष्टाचारीको संरक्षण गर्ने, जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्तन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याउने र सरकार टिकाउने खेलमा मात्रै व्यस्त छ । जातिय विभेदको संरक्षण गर्ने काम सरकारले गरिरहेको छ ।’उनले सरकारको उपस्थिति जनताले महशुस गर्न नपाएको भन्दै अहिले देश सरकारविहिन र दिशाविहिन भइरहेको बताईन् ।

उनले भनिन्, ‘सरकारको उपस्थिति जनताले महशुस गर्न पाइरहेका छैनन् । अहिले देश सरकारविहिन, दिशाविहिन भइरहेको छ । राष्ट्रिय राजमार्गहरुको अवस्था अस्तव्यस्त छ । तोकिएको समयमा सडक निर्माण भइरहेको छैन् । राष्ट्रिय गौरवको आयोजनाहरु अलपत्र छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्