विराटनगरको स्पार्क हस्पिटलले ५ सय बढी विरामीको निशुल्क स्वास्थ्य जाँच

विराटनगरको स्पार्क हस्पिटलले ५ सय बढी विरामीको निशुल्क स्वास्थ्य जाँच

विराटनगर, ६ पुस । विराटनगर १० मा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रा.लि.ले तेस्रो बार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिवरको आयोजना गर्ने भएको छ ।
हस्पिटलले यही पुस ८ देखि १० गतेसम्म निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो । वार्षिक उत्सवको अवसर पारेर स्वास्थ्य शिवरको आयोजना गरेको शुक्रबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । तेस्रो बार्षिक उत्सव भव्यताका साथ मनाउने तयारी गरिएको हस्पिटलको अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए ।
बार्षिकोत्सवका अवसरमा पुष ८ देखि निःशुल्क हाडजोर्नी एवम् नशा शिविर गर्ने जनाएको छ । यस्तै १० गते रक्तदान तथा बार्षिकोत्सव कार्यक्रम गर्ने अस्पतालका अध्यक्ष अधिकारीले बताए । अस्पतालले ५ सय विरामीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै औषधि पनि निःशुल्क वितरण गर्ने जनाएको छ । काठमाडौंबाट आएको ६ जनाको विशेषज्ञ चिकित्सकहरुको टोलीले उपचार दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । जसमा विशेषयज्ञ चिकित्सव सुनिल कुमार पौडेल, अनिल महतोलगायतको टिम आउने बताइएको छ । वार्षिक उत्सवको अवसरमा ल्याबमा समेत छुटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ ।
अस्पतालले प्यारालाइसि (पक्षघात) जस्तै–मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्न,े नसा च्यापिएको, हड्डी खिइएको, वाथ–आर्थराइटिस, घुडा जोर्नीहरु दुख्ने लगायतका रोगहरुको सफल उपचार गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्