विराटनगरको कान्तिपुर स्कूलमा निःशुल्क आँखा परीक्षण

<span class='c1'>विराटनगरको कान्तिपुर स्कूलमा</span> <span class='c2'>निःशुल्क आँखा परीक्षण</span>

विराटनगर, ६ पुस । विराटनगर–१० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलले निःशुल्क आँखा परीक्षण गरेको छ । विराटनगर आँखा अस्पतालको सहयोगमा स्कूलले शुक्रबार निःशुल्क आँखा परीक्षण तथा निशूल्क चस्मा वितरण गरेको होे । विराटनगर आँखा असपताल नेत्र चिकित्सकहरु गिरीसमाश्री चुडाल, सवनम चौधरी, रनती देव चौधरी तथा आँखा स्वास्थ्यकर्मीहरु लक्ष्मी यादव, दिपनारायण उराउ, कुशावन्त सिंह लगायतको टोलीले आँखा परीक्षण गरेको थियो ।
स्कूलमा अध्ययजरत करिव १ हजार ५ सय ६० विद्यार्थीहरुले प्रत्यक्ष रुपमा आँखा परीक्षणबाट लाभ उठाएको स्कूलका सहायक प्रधानाध्यापक देविलाल महतो जानकारी दिए । विद्यार्थीहरुको आँखाको अवस्थाका आधारमा थप उपचारकोलागि अस्पताल पठाइएको महतो बताए । यसरी स्कूलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनुको साथै उनीहरुको स्वास्थयलाई पनि उतिकै महत्वको साथ हेरेको स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्