विराटनगरको डनबस्को स्कुलका विद्यार्थीले बनाए पैसा निकाल्ने मेसिनदेखी रोवर्टसम्म (फोटो फिचर)

<span class='c1'>विराटनगरको डनबस्को स्कुलका विद्यार्थीले बनाए पैसा</span> <span class='c2'>निकाल्ने मेसिनदेखी रोवर्टसम्म (फोटो फिचर)</span>

विराटनगर, ६ पुस । विराटनगर १ मा रहेको डनवस्को स्कुलमा विज्ञान प्रर्दशनी गरिएको छ । विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजनागरि विद्यालयमा विज्ञान प्रर्दशनी गरिएको हो ।
स्कुलले हरेक बर्ष विद्यार्थीहरुमा भएका प्रतिभालाई उजागर गराउने उद्देश्यका साथ विज्ञान प्रदर्शनी गरिएको स्कुलमा प्रिन्सिल फादर अमृत राजले जानकारी दिए । विद्यार्थीहरुले कितावमा पढेका सैदान्तिक ज्ञानलाई व्यावहारिक अभ्यासमा उतारेर आफ्नो कला प्रर्दशन गरेको उनले बताए । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुले रोवर्ट, डोजर, टेलिस्कोप, सोलार प्यानल, स्मार्ट सिटी, डुङ्गा, जाँतो, एटिएम मेसिन, जनावर लगायत विभिन्न फलफुलको नमुना बनाईएको थियो ।
विज्ञान प्रदर्शनी अवलोकनकालागि विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले समेत अवलोकन गरेको स्कुलका शिक्षक करण केसीले जानकारी दिए । विज्ञान प्रदर्शनीकोलागि शारदा माबि झोराहाट, श्री हन्स मेमोरियल स्कुल तेतरिया, सेन्टमेरिज, मकालु स्कुल लगायत विद्यार्थीका अभिभावकले समेत अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्