बिराटनगरमा दन्तचिकित्सा सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

बिराटनगरमा दन्तचिकित्सा सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

बिराटनगर पुष ७  , नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाले दन्त चिकित्सा सम्बन्धी स्कोनिक्स ईन डेन्टल इम्प्लान्टोलोजि नामक कार्यशाला गोष्ठिको आयोजना गरेको छ । शुक्रबार र शनिबार विराटनगरमा आयोजना गरिएको उक्त गोष्ठिमा चिकित्सक डा. विपुल मान सिहले प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी चिकित्सकहरुले डेन्टल ईम्प्लान्टोलोजी सम्बम्धि प्रशिक्षण प्राप्त गर्नु भएको थियो । उक्त कार्यक्रमलाई बृडेन्ट ग्रुप र नेपाल डेन्टल एशोशिएशन मोरङ्ग शाखाले सहयोग गरेको थियो । चिकित्सकहरु का लागि चिकित्सक संघले विभिन्न समयमा यस खालका तालिम, कार्यशाला रु आयोजना गर्दै आएको नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाका अध्यक्ष डा. फरवार्ड सिलवालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्