बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमस डे मनाइदै , यस्ता छन् कार्यक्रम

बिराटनगरको मेरिल्याण्ड कलेजमा क्रिसमस डे मनाइदै , यस्ता छन् कार्यक्रम

बिराटनगर पुष ८ ,

बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित चार वर्षीय बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको ब्याचलरको कक्षा सञ्चालन गर्दै आएको बिराटनगर-५ स्थित मेरिलयाण्ड कलेज बिराटनगरमा क्रिसमस कार्यक्रम हुने भएको छ । कलेजमा अध्ययनरत बिबिएमका बिधार्थीहरुका लागि उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । नजिकिदै गरेको क्रिसमस र नयाँ बर्ष २०१९ को अवसरमा उक्त कार्यक्रम गर्न लागिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर विवेक दाहालले बताए ।

उक्त कार्यक्रममा बिभिन्न खानेकुरा,गेम्स,फोटो बुथ लगायतका स्टल राखिने साथै बिद्यार्थीहरुले नृत्य , गित , फेसन शो , डान्स पार्टी लगायतका कार्यक्रम देखाउने दाहालले जानकारी दिए  ।

कार्यक्रम डिसेम्बर २५ का दिन बिराटनगर-५ स्थित कलेजमा हुनेछ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर, इस्लिंग्टन कलेज काठमाडौँ , हेराल्ड कलेज काठमाडौँ , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्