आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या दुई सय २२ पुग्याे

आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या दुई सय २२ पुग्याे

[caption id="attachment_72992" align="alignnone" width="1362"] INDONESIA-DISASTER-TSUNAMI[/caption]

विराटनगर, ८ पुस ।  ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या दुई सय २२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परि अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार बिहान ९।३० मा आँधी आएको हो ।

नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । ती भिडियोहरुमा आकस्मिक रूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो । ‘दृश्यहरु आशु झर्ने खालका थिए’, स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भन्नुभयो । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । पछिल्लो विवरण अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या दुई सय २२ पुगेको पुष्टि भएको छ भने ८ सय ५३ जना घाइते भएका र २८ जना बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्