किराँत याक्थुङ चुम्लुङ विराटनगरको टोली उधौली पर्व मान्न धरानमा

किराँत याक्थुङ चुम्लुङ विराटनगरको  टोली उधौली पर्व मान्न धरानमा

बिराटनगर, ९ पुस । किरात याक्थुङ चुम्लुङ विराटनगरको एक टोली उधौली पर्व मान्न धरानतर्फ गएको छ । चुम्लुङको विराटनगर कार्यसमितिका पदाधिकारी सहितको ४० जनाको टोली त्यसतर्फ गएको हो । मंसिर पुर्णिमाबाट शुरु हुने उधौली विविध कार्यक्रमगर्दै १५ दिनसम्म मनाउने प्रचलन अनुसार किराँत याक्थुङ चुम्लुङ धरान नगरसमितिको निमन्त्रणामा विराटनगरको टोली च्याब्रुङ नृत्यको टोली सहित पर्व मान्न धरानतर्फ गएको हो । धरान प्रस्थान गर्नुअघि टोलीले विराटनगर,बखरीको पञ्चमुखिचोकमा च्याब्रुङ नृत्य समेत प्रस्तुत गरेको थियो । उधौली चासोक ताङनाम भनिने यस्तो कार्यक्रममा आमन्त्रण गर्ने पक्षकालागि कोसेली स्वरुप सुंगुर,मदिरा भरिएको घ्याम्पो,भटमासको फोदो,गुन्द्रुक,चाम्रे र फिलिङेको अचार लिएर जाने चलन रहेको चुम्लुङ विराटनगरका कार्यवाहक अध्यक्ष कुमार सुब्बाले जानकारी दिए ।  आमन्त्रण गरिएको पक्षलाई आयोजक समितिले स्वागत सत्कार गर्नुका साथै नाचगान गर्दै उधौली मनाउने प्रचलन छ । धरानतर्फ गएको विराटनगर चुम्लुङको टोली भोली विराटनगर फर्किने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्