विराटनगरकाे कान्तिपुर स्कूलले मनायाे क्रिसमस डे

विराटनगरकाे कान्तिपुर स्कूलले मनायाे क्रिसमस डे

विराटनगर, ९ पुस ।
विराटनगर १० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलले विभिन्न कार्यक्रमको आयोजना गरि क्रिस्मसडे मनाएको छ । स्कुलमा अध्ययनरत कक्षा प्ले गु्रपदेखि कक्षा दशसम्मको करिव ६ सय विद्यार्थीहरु सहभागि रहेको स्कूलले जनाएको छ ।
कार्यक्रमको सुरुमा स्कूल क्याप्टेन रुवि लामाले क्रिसमस डे भने शिर्षकमा बोल्दै कार्यक्रमको सुरु गरेकी थिइन् । सान्टाकलसका पोसाकमा आएका विद्यार्थीहरुले कार्यक्रमलाई थप आर्कषक बनाएका थिए । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले सास्कृतीक तथा आधुनिक नृत्य प्रस्तुत गरेका थिए । अन्त्यमा बालबालिकालाई के खुवाउदै उपहार वितरण गरेको स्कूलका सह–प्राचार्य देवीलाल महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्