अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनमा राज्यले ध्यान दिन आग्रह

अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनमा राज्यले ध्यान दिन आग्रह

विराटनगर, १० पुस ।
अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनमा राज्यले ध्यान दिनुपर्नेमा आज विराटनगरमा आयोजित अन्तरक्रियाका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताले अपांगता भएका व्यक्तिको जीविकोपार्जमा सहयोग गर्न सरकारलाई आग्रह गरेका हुन् । महासंघका कार्यक्रम अधिकृत बिमल बस्नेतले सरकारले हरेक क्षेत्रमा अपांगता भएका व्यक्तिलाई आरक्षण कोटा छुट्याउनुपर्नेमा जोड दिए । उनले गाँस, बास र कपासका लागि अपांगता भएका व्यक्तिलाई समस्या भएको उल्लेख गरे । परियोजना अधिकृत सागर प्रसाईंले सरकारले अपांगलाई रोजगारीमा प्राथमिकतामा राख्नुपर्ने बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र सामाजिक विकास मन्त्रालयकी उपसचिव दुर्गा भण्डारीले प्रस्ताव लिएर आए अपांगता भएका व्यक्तिलाई सहयोग गर्न तयार रहेको आश्वास दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्