पथरीशनिश्चरेका विद्यार्थीलाई लागूऔषध दुर्ब्यसन न्युनिकरणका लागि जनचेतना

पथरीशनिश्चरेका विद्यार्थीलाई लागूऔषध दुर्ब्यसन न्युनिकरणका लागि जनचेतना

पथरी, १० पुस ।
मोरङको उर्लावारीस्थित युनिभर्सल युथ ग्रुपले पथरीशनिश्चरेका विद्यार्थीलाई लागूऔषध दुव्र्यसन सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पथरीको प्रस्तावित रंगशालामा भएको कार्यक्रममा दुव्र्यसनले युवा पुस्तामा नराम्रो असर पारेको उल्लेख गर्दै जनचेतनामुलक नाटक समेत प्रदर्शन गरिएको छ । आरम्भ डवली रतुवामाईको प्रस्तुति रहेको नाटक अँध्यारो सुरुङभित्र’ले युवा पुस्ता दुव्र्यसनमा फसेर वर्वाद भएको कुरा देखाइएको छ । बाबुआमाको व्यस्त जीवनले माया र हेरचाह प्रदान गर्न नसक्दा छोराछोरी दुव्र्यसन पर्नेे गरेको नाटकमा देखाईको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख मनोज केसी र पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले युवा पुस्तालाई कुलतबाट टाढै राखेर देश निर्माणको योजनामा लाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्