विराट मेडिकल कलेजको चौथो बार्षिक उत्सव : कर्मचारीलाई सम्मान

विराट मेडिकल कलेजको चौथो बार्षिक उत्सव : कर्मचारीलाई सम्मान

विराटनगर, १० पुस। मोरङको टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलले आफनो चौथो बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । चौथो बार्षिकोत्सवका अवसरमा हस्पिटलले आफना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको हो । यस्तै हस्पिटलले अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । बार्षिकोत्सवका अवसरमा बोल्दै अस्पतालका संचालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले अस्पतालले न्यून शुल्कमा उत्कृष्ट र गुणस्तरीय सेवा प्रदान गरिरहेको बताए । उनले अस्पतालले विभिन्न अत्याधुनिक प्रविधियुक्त सेवा विस्तार गरेको पनि जानकारी दिए । अस्पतालमा हाल १२ वटा भेन्टिलेटर रहेका छन् भने प्लाष्टिक न्यूरो सर्जरी सेवा पनि सुरु गरिएको संचालक कार्कीले जानकारी दिए । अस्पताल ट्रमा सेन्टरको रुपमा विकास भैसकेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्