चोरी मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी नेमुवाबाट पक्राउ

<span class='c1'>चोरी मुद्धाका फरार प्रतिवादी १७</span> <span class='c2'>बर्ष पछी नेमुवाबाट पक्राउ</span>

विराटनगर,१० पुस।
चोरी मुद्धामा कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहेका फरार प्रतिवादीहरु १७ बर्ष पछी पक्राउ परेका छन् । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत मोरङको २०५८।३।२७ गतेको फैसला आदेशले जनही १४ दिन कैद र १५०० जरिवाना तोकिएका बुढीगंगा गाउँपालिका-५ का ३१ बर्षीय चन्दन सरदार र ४० बर्षीय रतन सरदारलाई पक्राउ गरेको हो ।

चोरी मुद्धामा नै २०६९।२।१० गतेको फैसलाले १ महिना कैद र ४ हजार ३ सय १० रुपँया जरिवाना भई हाल सम्म फरार रहेका सोही स्थान बस्ने ४५ बर्षीय महेन्द्र सरदार पनी आजै पक्राउ परेका छन् । यसैगरी लागूऔषध गाँजा चरेस मुद्धामा २०६९।१०।२१ गतेको फैसला आदेशले ५ महिना १४ दिन कैद र २ हजार जरिवाना तोकिएका बुढिगंगा गाउँपालिका-५ कै ३६ बर्षीय जितेन्द्र सरदारलाई समेत पक्राउ गरी तोकिएको कैद तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत मोरङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी जिल्ला अदालत मोरङको बिभिन्न मितिमा भएको फैसलाले केही सार्वजानिक अपराध मुद्धामा फरार रहेका २ जना , सवारी ज्यान मुद्धाका १ जना र सम्बन्ध बिच्छेद मुद्धाका १ जना गरी अन्य ४ जना फरार प्रतिवादीहरुलाई समेत पक्राउ गरी तोकिएको जरिवाना भुक्तानीको लागि सम्मानित जिल्ला अदालत मोरङमा पेश गरिएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्