विराटनगरमा हुने क्यान इन्फोटेकको तयारी तिब्र, दुबई भ्रमणको अबसर

<span class='c1'>विराटनगरमा हुने क्यान इन्फोटेकको तयारी</span> <span class='c2'>तिब्र, दुबई भ्रमणको अबसर</span>

विराटनगर, १० पुस । मोरङमा ७ वर्षपछि ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ म्याकक्याफे’को तयारी तिब्र पारिएको छ । पुस १९ देखि २३ गतेसम्म हुने क्यान इन्फोटेकमा दर्जनौ आकर्षकणका विषयहरु समावेश गरिएको छ । क्यान महासंघ मोरङले आयोजना गर्नेे सुबिसु क्यान इन्फोटेक २०१९ प्रदेशस्तरीय हुने आयोजकले जनाएको छ । विराटनगरस्थित जैनभवनमा आयोजना हुने इन्फोटेकमा दर्जन बढि आकर्षणका विषयहरु समावेश गरिएको छ ।

१ सय २० स्टल
१ सय २० स्टल रहने इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लयायत सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुनेछ । त्यस्तै इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक संस्थाहरु पनि इन्फोटेकमा सहभागी हुनेछन । अहिलेसम्म ५० प्रतिशत स्टल तथा स्पोन्सरहरु कन्फर्म भइसकेको स्टल व्यवस्थापक शौरभ​ गोल्छाले जानकारी दिए ।
रोबोकपदेखि भिडियो च्यालेन्जको आकर्षण
इन्फोटेकमा रोबोकप, ह्याकथन, पब्जी गेम, भिडियो च्यालेन्ज जस्ता कम्पिटिशनहरु समावेश गरिएको छ । यसको लागि निश्चित रकम तिरेर सहभागी हुन सक्छन । जित्ने समुह वा व्यत्तिलाई आकर्षक उपहार तथा नगद पुरस्कार समेत राखिएको छ । इन्फोटेकमा स्मार्ट सिटी भिडियो कम्पिटिशन समेत राखिएको छ, जसले स्मार्ट सिटीका कन्सेप्टहरु दिनेछन ।
साइबर सेक्युरिटी र स्मार्ट सिटीमा कन्फ्रेन्स
इन्फोटेककै अवसरमा स्मार्ट सिटी र साइबर सेक्युरिटीका विषयमा कन्फ्रेन्स सञ्चालन हुने भएको छ । कार्यक्रमको दोश्रो र तेस्रो दिन कन्फ्रेन्स गर्न लागिएको अध्यक्ष राजन यादवले बताए । विभिन्न राष्ट्रिय विज्ञहरुको सहभागिता रहने कन्फ्रेन्समा समुह छलफल समेत सञ्चालन हुनेछ । प्रदेश एकबाट सरकारी, नीति तथा कर्पोरेट क्षेत्रबाट २ सय बढिको कन्फ्रेन्समा सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
लक्की ड्रमा दुबई भ्रमणको ट्रिप
इन्फोटेकमा अवलोकनकर्तालाई आकर्षण गर्न आयोजकले टिकेटमा आकर्षक योजना ल्याएको छ । टिकेट खरिद आउने अवलोकलर्ताका लागि लक्की ड्रमा दुबई भ्रमणको ट्रिप रहेको छ ।
अनलाइन टिकेटिङको सुविधा
आयोजकले प्रविधिको प्रयोग गरेर सहज टिकट खरिदको लागि अनलाइन टिकट व्यवस्थापन गरेको छ । इसेवा, खल्ती जस्ता पेमेन्ट गेटेवे वा टिकटिङ सिस्टमको प्रयोग गरेर अनलायनबाटै टिकट खरिद गर्न सकिनेछन । अनलाइन टिकटमा विशेष छुट दिने समेत आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्