लिबियाकाे विदेश मन्त्रालयमा आत्मघाती विस्फोट, कम्तिमा  तीन जनाको मृत्यु

लिबियाकाे विदेश मन्त्रालयमा आत्मघाती विस्फोट, कम्तिमा  तीन जनाको मृत्यु

त्रिपोली । लिबियाको राजधानी त्रिपोलीस्थित  विदेश मन्त्रालयमा मंगलबार आत्मघाती विस्फोट हुँदा कम्तिमा  तीन जनाको मृत्यु हुनुका साथै मन्त्रालय भवनमा पनि ठूलो क्षति पुगेको छ ।  यसैगरी करिब १० जना घाइते भएको जनाइएको छ । सुरक्षा स्रोतका अनुसार सो कार्यमा इश्लामिक स्टेट (आइएस)को संलग्नता रहेको अनुमान गरिएको छ  । बिस्फोटको निकै बेरपछिसम्म भवनबाट धुँवा फैलिएको थियो । सन् २०११मा तत्कालीन शासक मोहम्मद गद्धाफी अपदस्थ भएपछि त्यहाँ उनी समर्थक विद्रोहीहरुले समेत निरन्तर रुपमा निशाना बनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्