चलचित्र ‘सय कडा दश’ देशमा मौलाउदै गएको भ्रष्टचार विरुद्धको

<span class='c1'>चलचित्र ‘सय कडा दश’ देशमा</span> <span class='c2'>मौलाउदै गएको भ्रष्टचार विरुद्धको</span>

विराटनगर, ११ पुस ।
नेपाली कथानक चलचित्र ‘सयकडा दश’ मुलुुकमा मौलाउदै गएको भ्रष्टचार विरुद्धको अभियानमा देखिएको छ । आगामी माघ १८ गतेदेखि एकैसाथ देशभरी प्रर्दशन आउन लागेको चलचित्रले भ्रष्टचार विरुद्धको कथा बोकेको निर्माण पक्षले दाबी छ । चलचित्र निर्माण पक्षले बिराटनगरमा पत्रकार सम्मेलन गरी फिल्मको बारे जानकारी दिएको हो ।

पछिल्लो समय देशमा मौलाउदै गएको भ्रष्टाचारलाई न्युनिकरण गर्न युवालाई कसरी परिचालन गर्न सकिन्छ भन्ने कुरा समेटेर कथाबस्तु बनाईएको चलचित्रका निर्दैशक रामशरण पाठकले जानकारी दिए । भ्रष्टाचारले मुलुक दिनदिनै धरासयी बन्दै गएको कारणले युवाहरुले चर्को ब्याजमा ऋण लिएर विदेशिनु परेको बास्तबिकता देखाउन खोजिएको चलचित्रकी निर्मता रज्जु प्रधानले बताईन् ।
चलचित्रमा हास्य कलाकार मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना र करुणा श्रेष्ठ र सोनिया राई लगायतको भुमिकामा चलचित्र रहेको छ । चलचित्रकर्मीको अभियानका रुपमा निर्माण गरिएका चलचित्रमा एक करोड साठी लाख लगानी रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्