विराटनगर-१४ बाट भन्सार छली गरी ल्याउदै गरेको अबैध समान बरामद,

विराटनगर-१४ बाट भन्सार छली गरी ल्याउदै गरेको अबैध समान बरामद,

मोरङ, पौष १२ गते ।

मोरङको विराटनगर महानगरपलिका-१४ बाट ३ लाख ४६ हजार रुपयाँ बराबरको अबैध समान बरामद भएको छ । बुधवार दिउँसो ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले को १ ह ७७१७ नम्बरको टेम्पोमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो ।

गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्ना साथ टेम्पो चालक भने फरार भएका थिए । फरार रहेका टेम्पो चालकको खोजतलास भईरहेको छ भने टेम्पो र बरामद भएको समान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्