विराटनगरकाे रानीबाट अबैध समान बरामद

विराटनगरकाे रानीबाट अबैध समान बरामद

विराटनगर, १२ पुस। विराटनगर महानगरपलिका-१४ बाट ३ लाख ४६ हजार मुल्य बराबरको अबैध समान बरामद भएको छ ।  ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले को १ ह ७७१७ नम्बरको टेम्पोमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो । गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्ना साथ टेम्पो चालक भने फरार भएका थिए । फरार रहेका टेम्पो चालकको खोजतलास भईरहेको छ भने टेम्पो र बरामद भएको समान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्