प्रदेश नम्बर १ मा सात सय सवारी चालक कारवाहीमा

<span class='c1'>प्रदेश नम्बर १ मा सात</span> <span class='c2'>सय सवारी चालक कारवाहीमा</span>

बिराटनगर पुष १२ ,

प्रदेश नम्बर १ का १४ जिल्लामा भएको सवारी जाँचमा ७४१ वटा सवारी कारवाहीमा परेका छन् ।

ट्राफिक नियम विपरीत सवारी चलाएका कारण दैनिक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीको प्रदेश १ कार्यालय इटहरीले २४ घण्टे विशेष सवारी चेकिङअन्तर्गत कारवाही गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

प्रसाईंका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ जना, मोटरसाइकलमा तीनजना चढ्ने १४ जना, बिना हेल्मेट मोटरसाइकल चलाउने १० जना, क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने ११५, सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने ४२ चालक कारवाहीमा परेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, सवारी चालक अनुमतिपत्र नभएकालाई सवारी चलाउन दिने २३ जना, जथाभावी पार्किङ गर्ने २४ जना, रोक्न निधेषमा सवारी रोक्ने ५५ जना, पार्किङ निधेषमा पार्किङ गर्ने २६ जना, सुरक्षापेटी नबाँध्ने १९ जना चालक पनि कारवाहीमा परेका छन् । सबैभन्दा बढी ट्राफिक नियम उलङ्घन गर्ने चालक सुनसरी, मोरङ, झापा, उदयपुरमा रहेको उहाँले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्