बिराटनगर पुष १२ ,
संसारभरिका युवा, सफल उद्यमी र उद्यमशीलताका विज्ञ एकै ठाउँमा उपस्थित भए के होलारु कहिल्यै सोच्नुभएको छरु परिवर्तन सम्भव हुन्थ्यो भन्दा अत्युक्ति नहोला। हो त्यस्तै परिवर्तनको वातावरण गत हप्ता ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पले मलेशियाको कुवाला लुम्पुरमा बनायो। १७ देखि २० डिसेम्बरमा आयोजना भएको ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको चौंथो संस्करणले संसारभरिका ४० भन्दा बढी देशबाट १५० युवा र दर्जन भन्दा बढी सफल उद्यमी र विज्ञलाई जम्मा गरी युवालाई उद्यमशीलता सम्बन्धि शिक्षा दियो।
नयाँ र मौलिक बिजनेस मोडेल बनाउन युवाले ती सफल उद्यमी र विज्ञहरुबाट शिक्षा लिए। यस किसिमको शिक्षाले नै ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पलाई पछिल्ला तीन संस्करण देखि चिनाउँदै आइरहेको छ। यसभन्दा अघिका तीन बूटक्याम्पहरू नेपालको ककनी, थाइल्याण्डको ब्याङ्कक र इन्डोनेसियाको जाकार्तामा भएका थिए।
सहभागी युवाहरूले टिम बनाएर प्रस्तुत गरेका बिजनेस आइडियाहरुले नै उक्त बूटक्याम्पको परिवर्तन प्रतिको योगदानलाई दर्शाउछ। ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पमा प्रतियोगितात्मक तालिम दिइने भएकाली विजेता टिम र उत्कृष्ट टिमलाई पुरस्कृत गरिएको थियो। विजेता टिमले ुरिमार्क((रिलायबल एंड रिलेटेबल मार्केटिंगु नामको बिजनेस मोडेल बनाएको थियो जसको अवधारणा कुनै पनि सामानका खरिदकर्तालाई उक्त समान किनेपछिको अनुभवका बारेमा मोबाइल फोनको स्क्रीनमा जानकारी दिने थियो। त्यसैगरी ुबोन फ्र्याक्चार डिटेक्टरुको अवधारणा ल्याउने टिमलाई उत्कृष्ट टिमको उपाधि पायो। बूटक्याम्पमा १७ वटा बिजनेस आइडिया प्रस्तुत भएका थिए। आयोजकका अनुसार अधिकांश बिजनेस आइडियाहरू बजारको माग अथवा दैनिक जीवनका समस्याहरू समाधान गर्ने उपायबाट प्रभावित छन्। समस्या समाधान गर्ने उद्देश्यले युवाहरूले ल्याएका बिजनेस आइडियाले अवश्य पनि परिवर्तन ल्याउनेछन्,ू आयोजक समितिकि प्रबन्ध निर्देशक पार्शु अर्यालले बताइन्।
बिजनेस मोडल बनाउने प्रतियोगिता मुख्य पाटो भए पनि आयोजकका अनुसार ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्प एउटा प्रतियोगितामा मात्र सीमित छैन। ूहाम्रो बूटक्याम्प युवाहरूले व्यापार योजना बनाएर प्रस्तुत गर्ने प्रतियोगिता मात्र होइन। उद्यमशीलता सम्बन्धि बहुआयामिक अनुभवको मंचका रूपमा बूटक्याम्प स्थापित भैसकेको छ,ू ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले भने। ूहामीले सुरुवातदेखि नै अन्तरक्रिया कार्यक्रम, युवालाई विज्ञको निर्देशन एबम् युवा, विज्ञ र उद्यमीहरूको परिवार निर्माण लागयतलाई प्राथमिकतामा राखेका छौं। आचार्यले बूटक्याम्पमा आएका उद्यमी र लगानीकर्ताले युवाहरुका बिजनेस मोडेल रुचाएको र भविष्यमा उनीहरु संग काम गर्न इच्छुक रहेको बताए।
चारदिने बूटक्याम्पका सह(आयोजक लिंकन युनिभर्सिटी कलेज र एशिया स्कूल अफ बिजनेस रहेका छन्। एशिया स्कूल अफ बिजनेस अमेरिकाको एम।आइ।टि स्लोन स्कूल अफ म्यनाजेमेंट संगको सहकार्यमा चलेको संस्था हो। बूटक्याम्प उद्घाटन समारोहबाट सुरू भई टिम ९समूह० निर्माण, अन्तरक्रिया कार्यक्रम, स्टार्ट(अप अभ्यासहरू हुँदै युवाहरूले बिजनेस मोडेल बनाएर प्रस्तुत गरिसकेपछि सांस्कृतिक साँझका रूपमा अन्त्य गरिएको थियो।बूटक्याम्पका विभिन्न कार्यक्रमहरू एशिया स्कूल अफ बिजनेसमा भएका थिए।
एशिया स्कूल अफ बिजनेसको नवीनता एबम् उद्यमशीलता केन्द्रका निर्देशक राजेश नायरले आइडीयेशनु र डिजाइन थिन्किंगु विषयमा सहभागीहरू संग अन्तरक्रिया गरे। लिंकन युनिभर्सिटी कलेजकि प्रो (चान्सलर दतुक अब्दुल्लाह र इनसाइटमेन्टका सी.ई.ओ डानिएल दे ग्रुइतजर पनि बूटक्याम्पमा वक्ताका रूपमा उपस्थित भएका थिए। वर्ल्ड इकोनोमिक फोरम विज्ञ सञ्जालका डा। रेनार्ड सिऊले जलवायु परिवर्तनको वास्तविकता र त्यसका समाधानबारे सहभागीहरूसंग अन्तरक्रिया गरेका थिए। उद्यममा पैसा मात्रै सबैकुरा होइन भनेर दि बिजी बिजी इनिसेटिवका प्रविधि तथा बिक्रि(साझेदारी प्रमुख म्यथिउ मारटेन्सले बताए। एशिया स्कूल अफ बिजनेसको एम।बि।ए कि सह(निर्देशक जुलियाना रोथले सहभागी युवालाई प्रोत्साहित गरिन भने एशिया स्कूल अफ बिजनेसकै बरिष्ठ कार्यक्रम व्यावस्थापक पोन्स अर्नेस्ट समनिगोले दिगो विकासका १७ उद्देश्यहरूका बारेमा प्रस्ट पारे।
रियोसुके इशी, डा. के.के.सिंह, एङ्गुयेन क्वांग हुइ, डा. अन्ना बर्चेत्ति दुरिस्च, चित आइन थु, बुना दाहाल, अभिनव गौतम, दक्शील सोनी, मुहम्मद सुमोन मोल्ला सलिम र यिन यिन बोएय पनि वक्ताका रूपमा बूटक्याम्पमा उपस्थित थिए।
सहभागी युवाहरूको आत्मविश्वास बूटक्याम्प सुरू हुदाको तुलनामा अन्त्य तिर उनीहरूले बिजनेस मोडेल प्रस्तुत गर्ने बेलामा एकदमै बढेको देखियो, आचार्यले भने। वक्ताहरूले तिनको मनमा भएको दुविधा आफ्ना अनुभव सुनाएर हटाएकाले आत्मविश्वास बढेको हो।
अहिलेको विश्वमा आन्टरप्रनारशिपलाई अर्थतन्त्र हाँक्ने तत्वका रूपमा लिइन्छ। त्यसैले ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्प जस्ता कार्यक्रमलाइ महत्त्वका साथ हेरिन्छ।