विराटनगरमा जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन सुरु

विराटनगरमा जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन सुरु

विराटनगर पुष १२ । विराटनगरमा जलवायु परिवर्तन सम्बन्धि छैठौं राष्ट्रिय युवा सम्मेलन सुरु भएको छ ।

बिहीबारबाट सुरु भएको जलवायुका लागि नेपाली युवाहरुको सञ्जालद्वारा आयोजित तीनदिने सम्मेलनमा देशभरिका सातै प्रदेशका ५८ जिल्लाका युवाहरुको सहभागिता रहेको छ । सम्मेलनमा जलवायु परिवर्तन सम्बन्धि विभिन्न १० वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

सम्मेलनमा क्लीन इनर्जी नेपाल, स्वच्छ उर्जा नेपाल, दिगो विकास, वाइपैड नेपाल र ग्रिन हुड नेपाल लगायत संस्थाका प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्थाकी नेटवर्क कोअर्डिनेटर सञ्जु श्रेष्ठले जानकारी दिइन् । उनले सम्मेलनमा अनुभवको आदानप्रदान गरिनुका साथै जलवायु परिवर्तनसंग जुध्न युवाहरुको क्षमता अभिबृद्धि गरिने बताइन ।

उक्त सम्मेलन १४ गते विराटनगर घोषणापत्र जारी गर्दे सकिनेछ । जारी भएको घोषणापत्र वातावरण मन्त्रालयका साथै विराटनगर महानगरपालिकालाई समेत बुझाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्