मिस पुर्वेली सुपर मोडल विजेताले पाउने ३५ तोला चाँदीको क्राउन यस्तो छ ( भिडियाे सहित)

<span class='c1'>मिस पुर्वेली सुपर मोडल विजेताले पाउने ३५ तोला</span> <span class='c2'>चाँदीको क्राउन यस्तो छ ( भिडियाे सहित)</span>

प्रेम देवान ।
विराटनगर, १२ पुस । विराटनगरमा आगामी पुस १४ गते सम्पन्न सातौ संस्करणको मिस पुर्वेली सुपर मोडलको बिजेताले पाउने चाँदीको क्राउन सार्वजानिक गरिएको छ । ए–वान इन्टरटेन्टमेन्टले बिहीबार नमस्कार होटलमा एक कार्यक्रम विच बिजेता, फस्ट रनरअप र सेकेण्ड रनरअपले पाउने चाँदीको क्राउन सार्वजनिक गरेको हो ।
आकर्षक तरिकाले डिजाइन गरिएको क्राउनमा बिजेताको २० तोला, फस्ट रनरअपको १० तोला र सेकेन्ड रनरअपको ५ तोलागरी जम्मा ३५ तोलाको सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको क्राउन मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाशन मुन्दडा, चर्चित कोरीयोग्राफरले सार्वजानिक गरे ।
सातौं संस्करणको मिस पूर्वेली सुपर मोडलको फाइनलमा अहिले १९ जना प्रतिस्पर्धामा छन् । फाइनलमा मन्दिरा दुमी राई, श्रद्धा श्रेष्ठ, प्रियङ्का श्रेष्ठ, दीक्षा राई, सृजना थापा, सञ्जु सापकोटा, स्नेतहा साह, रोजिना तामाङ्ग, निशा शर्मा, सुप्रिया राज्यलक्ष्मी साह, आँचल मल्लिक, अक्क्षता रौनियार, निकिता अधिकारी, शशिकला साह, आस्था भट्टराई, भीमा कुमारी श्रेष्ठ, जेनिसा खड्का, सिर्जा पोखरेल, सन्देशा कटुवाल फाइनलमा पुगेका छन् ।
अहिले उनीहरू बन्द प्रशिक्षण छन् । एक साता बढी हुने बन्द प्रशिक्षणमा कोरियोग्राफर सृजना रेग्मीले प्रशिक्षण दिँदै आएकी छिन् । प्रतियोगीले प्रशिक्षणमा क्याटवाकदेखी सामाजिक कार्य र उनीहरूको व्यक्तित्व विकासको बारेमा प्रशिक्षण पाउने छन् ।
बिजेता, फस्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः २ लाख ५० हजार, १ लाख तथा ५० हजार रुपैयाँ नगद प्राप्तसंगै ईण्डोनेसियाको बाली टुर र एयर होस्टेजको निशुल्क तालिम गर्न पाउने ए–वान इन्टरटेन्टमेन्टका अध्यक्ष किरण लामाले जानकारी दिए ।

भिडियाे यस्ताे

https://www.facebook.com/ourbrt/videos/224625998472068/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्