विराटनगरमा ‘पूर्वाञ्चल फेशन शो’ हुदै, आनन्द कार्कीदेखी महादेव त्रिपाठीसम्म आउने

विराटनगरमा ‘पूर्वाञ्चल फेशन शो’ हुदै, आनन्द कार्कीदेखी महादेव त्रिपाठीसम्म आउने

विराटनगर, १२ पुस । देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले विराटनगरमा पहिलो पटक पूर्वाञ्चल फेशन शो गर्ने भएको छ । प्याजेन्ट नेपालले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी फेशन शो गर्ने जनाएको हो ।
नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरको अतिथी सदनमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थनिय कलाकारको उपस्थितीमा फेशन सो गराउन लागिएको प्याजेन्ट नेपालको सिईओ तथा फेशन डिजाईनर ममथा बस्नेतले बताईन् । फेशन शो मा विवाहित तथा अविवाहित पुरुष तथा महिलले सहभागिता जनाउन सक्नेछन् ।
यसकालागि भोलीदेखी नै दमकबाट छनौट प्रक्रिया शुरु हुने आयोजकले जनाएकोछ । विराटनगरमा भने आगामी पुष १४ गते र २१ गते बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिईन् । फेशन शो मा गायक आनन्द कार्की , श्रीकृष्णा श्रेष्ठ, महादेव त्रिपाठी, सपन श्रेष्ठ, ध्रुब विस्को नेपालका चर्चित लोकप्रिय ताथ स्थानिय कलाकारको प्रस्तुती हुने आयोजकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्