अंग्रेजी नयाँ बर्षको अवसरमा विराटनगरमा म्युजिक डिजे नाईट हुने

अंग्रेजी नयाँ बर्षको अवसरमा विराटनगरमा म्युजिक डिजे नाईट हुने

विराटनगर, १२ पुस । बिराटनगरमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक डिजे नाइट हुने भएको छ । मिस्ट्री डान्स गाईज र विराटनगर युवा शक्तिको संयुक्त आयोजनामा विराटनगरको मारवडी सेवा सदनमा भव्यरुपमा म्युजिक नाईट कन्र्संट हुने भएको हो । आयोजकले विराटनगरमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी डिसेम्बर ३१ तारिक आर्थत पुस १६ गते मारवडी सेवा सदनमा कार्यक्रमको बारेमा जानकारी दिएको हो । म्युजिक डिजे नाईटमा जोगवनी, विराट चोक, ईटहरी, लक्ष्मीमार्ग र बिराटनगरमा रहेका ८ वटा डान्स ग्रुपहरुले समेत डान्स गर्नेछन् ।
यसैविच कार्यक्रम आकर्षित नेपालका पहिलो डिजे टेन्जिङ सेर्पा, राष्ट्रिय गायिका साईना श्रेष्ठ, भ्वाईलेन वादक कालेपुङ्गका कैलास खालिङको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । बेलुकी ४ बजेपछि सुरु हुने म्युजिक नाईटको २ सय रुपैया टिकट रहेको विराटनगर युवा शक्तिका राहुल सोनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्