यसरी हुन्छ आम्दानी, उदयपुरको पहाडी क्षेत्रमा बाँस बेचेर

<span class='c1'>यसरी हुन्छ आम्दानी, उदयपुरको पहाडी</span> <span class='c2'>क्षेत्रमा  बाँस बेचेर</span>

उदयपुर, २३ पुस ।  उदयपुरको पहाडी क्षेत्रका सर्वसाधारणले बाँस बेचेरै आम्दानी गर्न थालेका छन्। गाउँ गाउँमा पुगेको ग्रामीण सडकले ढुवानी गर्न सजिलो बनाएपछि आम्दानी गर्न थालेका हुन्। घर, टहरा बनाउन र दाउराको रूपमा प्रयोग गरिने बाँस बिक्री गरेर पैसा कमाउन थालेपछि सर्वसाधारणसमेत दङ परेका छन्।

‘पर्खाले पुस्तो अगाडि रोपेको बाँस अहिले बिक्री हुन थालेको छ,’ कटारी नगरपालिकाका ११ का ठाकुरसिंह तामाङले भने, ‘प्रति एक घना बाँस रु ४० रुपैँयासम्मले गाँउबाटै बिक्री हुन थालेको हो।’ गएको वर्ष उनले झन्डै दुई हजार घना बेचेर लगभग दुई लाखसम्म कमाई गरेको बताए। यसरी गाँउमै घर हटरा, बेराघेरा र गाईवस्तुलाई घाँस खुवाउन मात्र सीमित हुने बाँस बेचेर आम्दानी गर्ने तामाङ मात्र छैनन्।

कटारी नगरपालिका ११ कै किङरिङ मगर पनि बाँस बेचेर गएको वर्ष झन्डै एक लाख कमाई गरेको बताउँछन्। ‘गाउँनजिकै रोड आइपुगेपछि ट्याक्टरमा दुवानी गर्न सजिलो भएको छ,’ उनले भने, ‘हिजोआज गाउँभरीको बाँस बिक्री हुन थालेको छ।’ गाउँ घरका पाखोहरुमा प्रशस्त बाँस पाइने बाँस खरिद गर्न गाउँमै आउन थालेपछि स्थानीयहरूले बाँसबाट बर्सेनि राम्रो आम्दानी गर्दै आएका छन्। यता, त्रियुगा नगरपालिका १६ सुकौराका मदनबहादुर राउतले बाँस खरिद गर्न गाउँघरमै आउने गरेको बताउँछन्। गाउँमै सय रुपैयाँ घना बाँस बिक्री हुने भएपछि मनग्य आम्दानी हात लाग्ने उनले बताए। सामान्य बाँसको झ्याङबाट पनि वार्षिक १५ हजारसम्म आम्दानी हात लाग्ने र ठूला झ्याङ र प्रशस्त बाँस रोपेकाले लाखौँ आम्दानी हुने गरेको राउतको भनाइ छ।

गाउँघरमा प्रशस्त पाइने बाँसको विभिन्न सामग्रीहरू डोको, सोली, डालो, नाङ्लोलगायत बनाइन्छ। गोडमेल, मलजलविनै प्रशस्त हुने बाँस पहिले पहिले त्यतिकै सडेर खेर जाने गरेका थिए। तर, यतिबेला विकासको पूर्वाधारसँगै सडक गाउँगाउँमा पुग्न थालेपछि बाँसले राम्रो बजार पाउन थालेको छ। सहरी क्षेत्रमा बाँसको माग बढेकाले बाँसको व्यापारी राम्रो भएको बाँस व्यापारी भीमबहादुर बस्नेत बताउँछन्। ‘सहरी क्षेत्रमा बाँसको माग बढ्दो छ,’ उनले भने, ‘गाँउघरमा प्रतिघना ४० रुपैयाँले खरिद गरेर लैजाँदा डबल फाइदा हुने गरेको छ।’ बाँस व्यापारीहरुले साना सडकमा ट्याक्टर लगेर संकलन गरी मुख्य सडकमा ट्रकमा लोड गरेर विराटनगर, काठमाडौं, पोखरा लैजाने गरेका छन। चार गाउँपालिका र चार नगरपालिकाको अधिकांश गाउँहरूमा सडक ट्रयाक पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्