फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प गयो

<span class='c1'>फिलिपिन्समा ६.९ म्याग्निच्युडको</span> <span class='c2'>भूकम्प गयो</span>

 मनिला । फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसूस गरिएको छ ।

सो भूकम्पको केन्द्रबिन्दु दाभाओ शहरको दक्षिणपूर्वी भागको आसपासको इलाकामा ५९ मिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।

छिमेकी देश इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा परी चार सय व्यक्तिको मृत्यु भएको घटनाको एक हप्तापछि सो भूकम्प आएको हो ।

यस भूकम्पपछि प्रशान्त महासागर सुनामी चेतावनी सेन्टरले ‘हजारडोअस’ नामक सुनामीको सानो छाल उठ्ने अनुमान गरिएको छ । इन्डोनेसिया र फिलिपिन्सको तटीय क्षेत्रमा सो सुनामी छालको अनुमान गरिएको हो यद्यपी सुनामीको छाल ३० सेन्टीमिटर भन्दा कम हुने पनि अनुमान गरिएको छ ।

फिलिपिन्समा सर्वसाधारण व्यक्तिलाई समूद्र र तटीय क्षेत्रमा नजानको लागि फिलिपिन्स सरकारले सतर्क गराएको छ ।

युएसजिएसका अनुसार यसबाट भूकम्पपछि मानवीय र भौतिक क्षतिको कम मात्र सम्भावना रहेको छ । फिलिपिन्स र इन्डोनेसियामा भूकम्प र ज्वालामूखि विस्फोटको घटना बराम्बर भएको पाइन्छ ।

सन् २०१३ मा मध्य फिलिपिन्सलक्षित ७.१ म्याग्निच्युडको भूकम्पमा परी २२० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै कैयौ ऐतिहासिक चर्च ध्वस्त भएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्