विराटनगरको सफल जव प्रा.लि.ले दियो ब्यवहारिक सिपको तालिम

विराटनगरको सफल जव प्रा.लि.ले दियो ब्यवहारिक सिपको तालिम

विराटनगर, १४ पुस । विराटनगर ५ भृकुटी चोकमा रहेको सफल जव प्रा‍.लि.ले आफ्ना पहिलो तालिमका प्रशिक्षार्थीहरुलाई आधारभुत सिप विकास तथा क्षमता अभिवृद्धी सम्बन्धि तालिम दिई विदाई गरेको छ ।
३ महिना अगाडि संचालनमा आएको जब सेन्टरले छोटो अवधि मै अभियानलाई तिब्र बनाएको हो । सफल जव सेन्टरमा पुगेका प्रशिक्षार्थीहरुलाई सिप विकास सम्बन्धि आधारभुत तालिम प्रदान गरिएको प्रा.लि.का संचालक संदिप निरौलाले जानकारी दिए ।
युवाहरुको सैद्धान्तिक ज्ञान भएपनि व्याहारिक ज्ञानमा दक्ष नभएकाहरुका लागि तालिम प्रदान गरिएको उनको भनाई छ । बढ्दो युवा बेरोजगारीलाई दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ युवा वेरोजगारीलाई १० दिने तालिम प्रदान गरिएको निरौलाले बताए ।
१० दिनसम्म प्रशिक्षार्थीहरुले मार्केटिङ, अन्तारवार्ता, व्यक्तित्व विकास, पव्लिक रिलेशन सम्बन्धि तालिम दिईएको तालिमका प्रशिक्षक किशोर दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्